विचार

प्रचारवाजी नेताको नैतिकतामा स्खलन

कृष्ण हुमागाईँ
उत्ताउलो प्रस्तुति, आलोचनात्मक चेत, टिप्पणी र भ्रष्टाचार बिरुद्धको चर्का नाराबाट जनमत बटुल्न सफल नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटी र पुरानो भएर पनि कहिल्यै पार नलाग्ने अवस्थामा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यिनै फण्डा झिकृर २०७९ को आम चुनावमा चौथो र पाँचौं पार्टीको हैसियत बनाउन सफल भए। बेथिति बिरुद्ध कडा प्रहार गर्ने रबि लामिछाने र भ्रष्टाचार बिरुद्ध कुार चर्का गर्ने राजेन्द्र लिङदेन सिद्धान्ततः स्खलित भएका छन् । उनीहरुको बोली–ब्यवहार र कार्यशैलीमा एकरुपता पटक्कै छैन मात्र होइन, बिगतमा उनीहरुले दिएको नारा चुनाव जित्ने खेलोमेलो मात्र हो भन्ने कुराको पुष्टि हुन थालेको छ ।
रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रबिले आफ्नै आँखा अगाडि अदालतले हत्या अभियोगमा कैद सजाय फैसला गरेको मन्छे फनफनी घुम्दा समेत पक्राऊ गर्न सकेका छैेनन् । बिगतमा उत्रो साने देशमा किन चाहियो तीन÷तीन जना उप प्रधानमन्त्री ? गरी जनताले गाँस काटेर तिरेको राजश्व करको दुरुपयोग गरेर तलब भत्ता खान किन यत्राबिध्न उप प्रधानमन्त्री बनाउन प¥यो भनेर टेदिभिजनको पर्दामा फलाक्ने रबि आफै तीन÷तीन जना उप प्रधानमन्त्री भएको प्रचण्ड नेतृत्वको मन्त्री मण्डलमा दोस्रो बरियताको उप प्रधानमन्त्री बनेका छन् । उनले धेरै भए उपप्रधानमन्त्रीहरु मलाई मन्त्री मात्र बनाउनुस् भनेका पनि छैनन् । त्यतीमात्र होइन हामी सबै उपप्रधानमन्त्रीलाई मन्त्री मात्र बनाइयोस पनि भन्न सकेका छैनन् ।
त्यसैगरी राजसंस्था र हिन्दू राष्ट्र स्थापना र संघीयता खारेजीकोको चर्को नारा लगाउने राजेन्द्र लिङदेनले गणतन्त्रको संविधानको सपथ (कसम) खाएर उपप्रधानमन्त्री भएका छन् । राजा ल्याउनेले गणतन्त्रको सपथ खाए, हिन्दू राष्ट्र भन्नेले धर्म निरपेक्षतालाई स्वीकार गरे । हझ भन्ने हो भने संघीयता खारेजीको वकालत गर्ने राप्रपा अध्यक्ष लिङदेनले प्रदेशसभामा आफ्नो पार्टीका उममेदवार मात्र उठाएनन् । बागमति प्रदेशमा मुख्यमन्त्रीमै दावी गरे । तर बिभिन्न प्रदेशमा आफ्ना कार्यकर्तालाई मन्त्री बनाएर तलबभत्ता खुवाई रहेका छन् । यही हो नैतिक भ्रष्टाचार भनेको । भ्रष्ट आचरण नै भ्रष्टाचार हो । उनीले भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो भने पनि त्यही गरिरहेछन् । आफ्नो सिद्धान्त, लक्ष्य र मूल्य–मान्यताबाट बिचलित, स्खलित हुनु पनि भ्रष्ट आचरण हो। अनि भष्टाचार गरेर तलबभत्ता खाइरहेका लिङदेनको भाषणमा ताली बजाउनेले पनि भ्रष्टाचारको समर्थन गरिरहेका छन् । यो पखण्डपन हो । अब लिङदेनले राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको मुद्दा छोड्नु पर्छ । धर्म निरपेक्ष मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको सपथ खाएपछि केको राजतन्त्र, हिन्दू राष्ट्र र प्रदेश खारेजीको भद्दा नाटक गरिरहनु ? यीनीहरु स्खलित हुँदैछन् । अझै हेर्दौ जाँऊ । सस्तो प्रचारवाजीमा रमाउने नेताको नैतिकतामा स्खलन आएको छ । यस्ताहरु राजनीतिमा धेरै टिक्दैनन् ।(हुमागाईँ नेपाली काँग्रेस झापाका सचिव हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button