
मेचीनगर ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संचार माध्यामप्रति आक्रोश पोखेकै भोली पल्ट (आज) झापाको काँकरभिट्टामा कान्तिपुर दैनिक जलाईएको छ । रास्वपाका स्थानीय कार्यकर्ता चन्द्र प्रसाईको अगुवाईमा स्थानीय युवाहरुले रविको बिरुद्धमा लेख्ने पत्रिका यही हो भन्दै पत्रिकामा आगो लगाएका थिए । सतिघट्टा रोडमा उपस्थित केही युवाहरुले कान्तिपुर दैनिकप्रति आक्रोश ब्यक्त गर्दै सांकेतिक विरोधको रुपमा पत्रिका जलाएको बताए । रास्वपाका मेचीनगरका कार्यकर्ता चन्द्र प्रसाई, स्थानीय युवा फडिन्द्र घिमिरे, गणेश खरेल लगाएको उपस्थिति रहेको थियो । हिजो (आईतवार)मात्रै सो पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै आफ्ना बारेमा नभएको लेख्ने संचारमाध्याम घेर्ने समेत बताएका थिए ।



