खबर

नेपालमा शक्तिराष्ट्रको चासो

युएसएआइडीकी प्रमुख समान्था पावर। तस्बिर प्रसन गुरु
काठमाडौँ
मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसँगै नयाँ सरकार गठनपछि दुई छिमेकी मुलुक भारत र चीनको मात्र होइन, शक्ति तथा विकास साझेदार देशहरूको पनि चासो बढेको छ। आफ्नो चासो रक्षाका लागि शक्तिराष्ट्रका अधिकारीहरू नेपाल आउने क्रमले पनि तीव्रता पाएको छ। संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान निर्माण भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासतर्फ नेपाल अघि बढ्ने चरणमा प्रवेश गरेका बेला शक्तिराष्ट्रहरूको चासो पर्न थालेको हो। अघिल्लो प्रतिनिधिसभाले एमसिसी पारित गरेसँगै अमेरिकी चासोमा परेको नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण भइरहेको छ।

पछिल्लो पटक मंगलबार काठमाडौं आएकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख समान्था पावर बुधबार स्वदेश फर्केकी छन्। राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पावरले काठमाडौंमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्च अधिकारीसँग भेट गरिन्। यसअघि माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएकी थिइन्। भ्रमणका क्रममा उनले अमेरिकी चासो स्पष्ट पारेकी थिइन्। धेरै अमेरिकीहरू नेपालमा लगानी गर्न इच्छुक भएकाले लगानीमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे नेपाली नेता र अधिकारीसँग छलफल गरेकी उनले दुई ठूला छिमेकी मुलुकसँगको भूराजनीतिकभन्दा पनि नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहेको बताएकी थिइन्।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालित परियोजनाका विषयमा अमेरिकी अधिकारीहरूको चासो बढेको छ। पावरपछि दुई अमेरिकी उच्च अधिकारी फागुनको पहिलो साता नेपाल आउने तयारीमा रहेको बताइएको छ।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button