खबर

यातायात मजदुर र सरकारबीच आज वार्ता हुँदै

काठमाडौँ
आन्दोलनरत यातायात व्यवसायी तथा यातायात मजदुर र सरकारबीच आज वार्ता गरिने भएको छ । सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो ।

बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै आज काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायातमा नचलाउने घाेषणा गरेका थिए। त्यसको असर आज बिहानैदेखि परेको छ। बिहानै सार्वजानिक यातायात नचल्दा सर्वसाधारण मर्कामा परेका छन्।

यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेको थियो भने आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी पनि जलाएका थिए।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button