
गजल
मुस्कुराउ मिठो व्यबहार भए पुग्छ,
बांचुञ्जेल राम्रो विचार भए पुग्छ।
डुब्नदेउ उसैलाई त्यही दलदलमा,
जसलाई धनी साहुकार भए पुग्छ।
आफ्नो धुनमा गुजारें जिन्दगी मैले,
मलाई त सुनौलो संसार भए पुग्छ।
चाहिंदैन मलाई धन र सम्पत्ती त्यो,
गास बास बाच्ने आधार भए पुग्छ।
अन्धकार चिर्नुछ समाजभित्र मलाई,
यो जलेको दियो औजार भए पुग्छ।
चाहिंदैन बन्दुक,तरवार समाज फेर्ने,
आँट गरौँ कलम हतियार भए पुग्छ।

