मूल खबर

तारापुञ्जको २० औँ वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

मेचीनगर । काँकरभिट्टा स्थित तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ ।बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिम्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी   रहेका थिए भने अतिथिमा  तारापुञ्ज फाउण्डेसन प्रालिका अध्यक्ष दीपकप्रसाद पोखरेल रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विध्यालयकी छात्रा दक्षिणा बस्नेतले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन छात्र असिम पोखरेलले गरेका थिए । नृत्य, गायन तथा विध्यालयका बिध्यार्थीहरुमा रहेको प्रतिभा सो अवसरमा प्रस्तुत गरिएको विध्यालयका प्रिन्सिपल ओमप्रकाश दाहालले बताए ।

बिध्यालयका प्रिन्सिपल ओमप्रकाश दाहालद्धारा प्रस्तुत प्रतिवेदन

 

तारापुञ्ज इङ् लिस बोर्डिङ स्कुल
मेचीनगर—६, काँकरभिट्टा
२० औँ वार्षिकोत्सव (२०७९) का अवरमा प्रस्तुत शैक्षिक प्रतिवेदन
प्रमुख अतिथिज्यू
विशिष्ट अतिथिज्यू
अतिथिज्यूहरु
विद्यालयका संस्थापक
शिक्षक तथा कर्मचारी परिवार
उपस्थित सम्पूर्ण अभिभावक एवम् विद्यार्थी वर्ग
यहाँहरु सबैलाई विद्यालयको २० औँ वार्षिकोत्सवका अवसरमा हृदयदेखि नै स्वागत गर्दछु । आजभन्दा भन्दा २० वर्षअघि
स्थानीय ११ जना उत्साही शिक्षित युवाहरुको पहलमा स्थापना भएको विद्यालय हो तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल । शैक्षिक
सत्र २०६० मा हामीले विद्यालय प्रारम्भ गर्दा १९९ जना विद्यार्थी, २ जना कर्मचारी र ८ संस्थापकसहित १४ जना शिक्षकहरु
थियौँ । समयव्रmममा आज हामी ५५१ विद्यार्थी, ७ जना कर्मचारी र २७ जना शिक्षकहरु पुगेका छौँ । विद्यालयको विकासका लागि
स्थानीय अभिभावकहरुले गर्नुभएको निरन्तर विश्वास हाम्रा लागि उत्साह र प्रेरणाको स्रोत हो ।
२०६२ सालको एसएलसी परीक्षामा पहिलो पटक ८ जना विद्यार्थी सामेल गराएको यस विद्यालयबाट हालसम्म ५४० जना
विद्यार्थी एसइई परीक्षामा सामेल भई उच्च शिक्षा अध्ययन गरिरहेका र समाजका विभिन्न क्षेत्रमा स्थापित भएका छन् । यस
वर्षको एसइई परीक्षामा हाम्रो विद्यालयबाट ४० जना विद्यार्थीहरु सहभागी हुने छन् । उनीहरुको परीक्षाको सफलताका लागि
शुभकामना व्यक्त गर्दछु ।
विद्यालयमा अध्ययनरत ५५१ विद्यार्थीमध्ये ४० जनालाई पूर्ण निःशुल्क र ४२ जनालाई अर्ध निःशुल्क गरी जम्मा २ जना
विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यो सङ्ख्या कुल विद्यार्थीको १४.८८ प्रतिशत हुन आउँछ । यसमध्ये ८ जना दलित
र २२ जना आदिवासी जनजाति विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।
विद्यार्थी जीवनलाई सुनौलो जीवन भनिन्छ । त्यसको मुख्य कारण के हो भने वास्तवमा विद्यार्थी जीवनमा धेरै कुरा सिक्ने
अवसर प्राप्त हुन्छ । प्रत्येक नानीले ४—५ वर्षको कलिलो उमेरदेखि १७—१८ वर्षको किशोर अवस्थासम्म विद्यालयमा बिताउँछ ।
यही १३—१४ वर्षभित्र नानीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकास तीव्र गतिमा हुने गर्दछ । आफूमा अन्तरनिहित
क्षमता, उचित शिक्षादीक्षा र उपयुक्त परिवेशका कारण कतिपय विद्यार्थी पढाइमा अब्बल हुँदै जान्छन् भने केही नानीहरु
पढाइमा मध्यम तर अन्य सिप र प्रतिभामा खारिँदै जान्छन् । साँचो अर्थमा भन्ने हो भने विद्यालय केवल पढ्ने मात्र ठाउँ
होइन । यो त प्रतिभा पहिचान गर्ने, सिक्ने र निरन्तर अभ्यास गर्ने उपयुक्त ठाउँ पनि हो । आजका विद्यार्थी नै भोलि राष्ट्रिय
अन्तरराष्ट्रिय खेलाडी, कलाकार, साहित्यकार, राष्ट्रसेवक, विद्वान बन्ने हुन् । वास्तवमा समाज र राष्ट्रका लागि सबै खाले
प्रतिभा आवश्यक पर्छ पनि । त्यसैले वर्तमान परिवेशमा हामीले आफ्ना नानीको पढाइसँगै प्रतिभा प्रस्फुटनका लागि उपयुक्त
वातावरण निर्माण गर्नु पर्दछ ।
समाज र राष्ट्रको विकासका लागि क्षमतावान् प्रतिभाशाली नागरिक आवश्यक पर्दछ । तर व्यक्तिसँग क्षमता र प्रतिभा भएर
पनि नैतिक चरित्रको अभाव भयो भने उक्त क्षमता र प्रतिभा ठिक ठाउँमा प्रयोग नहुन सक्छ । त्यसैले आज हामीले आफ् ना
नानीहरुलाई ज्ञान र सिपसँगै नैतिकता र अनुशासन पनि सिकाउनु पर्दछ । नैतिकता भन्ने कुरा पढाउने विषय मात्र होइन
द्द
यो त हामीले व्यवहारमा गरेर देखाउने विषय हो । नानीहरुले हामीले भनेको कुरा सुन्छन् तर गरेको कुरा देखेर सिक्ने गर्दछन् ।
त्यसैले नानीहरुलाई नैतिकवान् बनाउन शिक्षक, अभिभावक र समाज नैतिक बन्नु पर्दछ ।
आदरणीय अभिभावकज्यू,
हामी हाम्रो विद्यालयमा विद्यार्थीलाई शिक्षा र सिपसँगै दीक्षा दिन चाहन्छौँ । त्यसका लागि सबै अभिभावकको तर्फबाट
आवश्यक सहयोगको अपेक्षा गर्दछौँ । मेरो नानीले कति पढ् यो वा कस्तो रिजल्ट प्राप्त ग¥यो भन्ने विषय जति महत्त्वपूर्ण छ
त्यति नै महत्त्वको कुरा मेरो नानीले के सिक्यो वा नानी कस्तो बन्यो भन्ने पनि हो । सार्थक जीवनयापनका लागि शिक्षासँगै
सिप र अनुशासन जोड् नु अपरिहार्य छ ।
विद्यार्थीहरुलाई सुविधायुक्त वातावरणमा शिक्षा प्रदान गर्नका लागि हाल विद्यालयमा निम्न सुविधाहरु रहेका छन् ः
१. ३० कोठे पक्की भवन
२. साइकल पार्किङ सुविधा
३. क्यान्टिन सुविधा
४. छात्र र छात्राका लागि अलग अलग पर्याप्त शौचालय
५. अभिभावक प्रतीक्षालय
६. २४ ओटा कम्प्युटरसहित कम्प्युटर ल्याब
७. प्रोजेक्टरमार्फत अडियो भिजुअल क्लास
८. विज्ञान प्रयोगशाला
९. साउन्ड सिस्टम
१०. प्रत्येक कक्षाको निगरानीका लागि सिसी क्यामेरा
११. वैकल्पिक विद्युत आपूर्तिका लागि जेनेरेटर
१२. कम्प्युटर सफ्टवेयर मार्फत बिल भुक्तानी
१३. इसेवा, एनएमसी स्मार्ट मोबाइल एप्स र क्युआर कोड मार्फत रकम भुक्तानी
१४. बिल भुक्तानीपछि अभिभावकलाई निःशुल्क एसएमएस अलर्ट सुविधा
१५. विद्यालयको संयोजनमा अतिरिक्त कक्षा, नृत्य, आर्ट
१६. स्कुल बसको व्यवस्था
१७. आर.ओ. फिल्टरसहितको पिउने पानी
१८. स्काउटिङ
विद्यालयको तर्फबाट आगामी वर्षहरुमा निम्नबमोजिम सुविधा थप गर्ने योजना रहेको छ ः
१. कक्षा ११ र १२ मा प्राविधिक विषयको पठनपाठन
२. नृत्य तथा सङ्गीत शिक्षकको व्यवस्था
३. खेलमैदान र खेलकुद शिक्षकको व्यवस्था
अन्त्यमा,
विद्यालय सञ्चालन र विकासका लागि आदरणीय अभिभावकज्यूहरुको तर्फबाट विगत झैँ निरन्तर साथ सहयोग प्राप्त भइरहने
कुरामा विश्वस्त हुँदै नियमनकारी निकाय स्थानीय सरकार मेचीनगर नगरपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ फागुन ८, सोमबार
ओमप्रकाश दाहाल
                                                                                                            प्रिन्सिपल

1


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button