कला

मिस्टर, मिस र मिसेस नेसनल–२०२३ प्रतियोगिता हुँदै

काठमाडौँ
कराओके इन्टरटेनमेन्टले मिस्टर, मिस र मिसेस नेसनल २०२३ प्रतियोगिताको आयोजना गर्न लागेको छ। राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवालाई सक्षम बनाउन यो कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

कराओके इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष खगेश रञ्जितले युवा र महिलामा लुकेको प्रतिभा प्रस्फुटन गरी राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता गर्न लागेको बताए। संस्थाका प्रमुख सल्लाहकार पूर्व एसएसपी दीपक रञ्जितले आफू राष्ट्र निर्माणमा लागेका व्यक्तिहरूको साथमा रहेको बताए। पूर्वकुमारी तथा सङ्गीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफीमा हुन लागेको यो प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु, भनिमण्डल ललितपुरमा र अन्तिम प्रतिस्पर्धा होटल यलो प्यागोडामा हुने भएको छ। रोजिन शाक्यको ग्रुमिङ्ग सेसन तथा अन्य विज्ञबाट विभिन्न विधाको तालिमपश्चात् अन्तिम प्रतिस्पर्धामा नेपाली र अंग्रेजी भाषामध्ये कुनै भाषाको छनोट गरी निर्णायकका प्रश्नको जवाफ दिनसक्ने प्रावधान राखिएको छ।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button