
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सफलता हात पारेको छ ।
घरेलु मैदानमा इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई १–० ले पराजित गरेको हो । १० खेलाडीमा समेटिएिको पोर्टाेविरुद्ध लुकाकुले दोस्रो हाफमा गरेको गोल नै इन्टरको जितमा पर्याप्त बन्यो ।
मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले बल पोसेसन राख्दै पोर्टाेलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
७८औं मिनेटमा पोर्टाे १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इन्टरले उठाउन सफल भयो । ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टाे समस्यामा पर्न पुगेको थियो ।
त्यसपछि निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी लुकाकुले गोल गर्दै इन्टरलाई जित दिलाए । उनी ५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका थिए ।
यस जितले इन्टरको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ । अब १४ मार्चमा पोर्टाेमा मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके इन्टर क्वाटरफाइनलमा पुग्नेछ । पोर्टोलाइ भने जितको आवश्यकता हुनेछ ।हाम्रो खेलकुदबाट



