कृषि र किसानभिडियो चौतारीमूल खबर

पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

गोरखापत्र अनलाइन
काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । आज (शुक्रबार) बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डीआइजीहरुमा क्रमशः वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ ।

बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार गरिएको जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button