एजेन्सी – चेल्सी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
५०औं मिनेटमा काई हाभर्टजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी अग्रता लिनबाट चुक्यो । त्यसपछि पनि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै लिभपुल २८ खेलबाट ४३ अंक जोडेर आठौं स्थानमा रहेको छ । चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत रहेको छ ।



