मूल खबर

सिंहदरबारको फोहोर उठाउने जिम्मा महानगरकै

सांकेतिक तस्बिर
काठमाडौं । शहरी विकास मन्त्रालयले सिंहदरबारभित्रको फोहोर उठाउने जिम्मेवारी निकाय महानगरपालिका नै भएको स्पष्ट पारेको छ ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा सिहंदरबारको फोहोर अब नउठाउने प्रतिक्रिया दिएपछि अब सिहंदरबारभित्रको फोहोर व्यवस्थापन कसले गर्ने भन्दै अन्योल छाएको छ ।

शहरी विकास मन्त्रालयले पनि सिहंदरबारभित्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा मन्त्रालयको नभएको बताएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद २ को दफा ३ मा फोहोरमैला उत्पादन संकलन, न्यूनीकरण तथा निष्काशन सम्बन्धी व्यवस्था फोहोरमैलाको प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय तहको हुने उल्लेख छ ।

दफा ३ को उपदफा १ अनुसार फोहोरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र ट्रान्सफर स्टेशन ल्याण्डफिल साइट प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट बायो ग्यास प्लाण्ट लगायत फोहोरमैलाको संकलन अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ । कारोबार दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button