विचार

सीमा विवाद र मौसमी राष्ट्रवाद

डा. टीकाराम पोखरेल
नेपालमा बेलाबेलामौसमी राष्ट्रवादको हावाचलिरहन्छ । मौसमीयसकारणले किराष्ट्रवादको हावा चलाउनेहरुको आवाज सधैँ एकनासकोहुँदैन । आफ्नो सजिलो र स्वार्थ अनुसार राष्ट्रवादको व्याख्या र विश्लेषण गर्ने गरिएकोले त्यसलाई मौसमीभनिएको हो । यतिबेला भारतले जम्मुकास्मीर सन्दर्भमा आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरको र त्यसमा नेपालको कालापानी र लिपुेलेकलाई पनिआफ्नो सीमाभित्र पारेसँगै नेपालको भूभाग भारतको नक्साभित्र पारियो भनेर नेपालमा विरोधका स्वर देखिन थालेका छन् । त्यसलाई राष्ट्रवादसँग जोड्ने गरिएको छ ।

नेपालभारत बीचको सीमा विवादनिकै लामो हो । सीमा विवादको विषयमा नेपालका सबै दल जानकार छन् । तर सबै दलको यस विषयमा विरोधको शैली र भाषा सधैँ एकनासको हुँदैन । सत्तामा हुँदा अलि नरम र प्रतिपक्षमा हुँदा अलि गरम हुने गरेको देखिन्छ । जतिचर्को बोल्यो उत्ति बढी राष्ट्रवादी भइने र त्यसले जनताको सेन्टिमेण्ट आफूतिर तान्न सकिने बुझाइ दलहरुमा छ । त्यसो विरोध नै राष्ट्रवाद हो भन्ने भ्रम नेपाली जनमानसमा पनि छँदैछ । तर काग कराउँदै छ पिना सुक्दै छ भने झैँ नेपालका दलहरुको झिनामसिना आवाज भारतका ठूला कानहरुले सुनेको छैन । सायद नेपालका दलहरुको विरोध मौसमी हो भन्ने कुरामा भारत पूरापूर जानकार छ, त्यसैले भारतले यसप्रकारको विरोधलाई महत्व नदिएको हुन सक्तछ ।

नेपालमा राष्ट्रवादको कुरा गर्दा जहिले पनि भारतसँगको खुला सीमा र राजनीतिक सम्बन्धलाई जोड्ने गरिएको छ । कतिपय राजनीतिक दलहरुले त भारतको चर्को विरोध गर्नुलाई नै राष्ट्रवाद हो भनी आफ्नाकार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने र जनतामा पनि त्यस्तै सञ्चार प्रवाह गर्ने कसरत गरेको देखिन्छ । भारत बाहेक कहिलेकाहिँ महाशक्ति राष्ट्र अमेरिका र युरोपियन मुलुकहरु पनि हाम्रा देशका राष्ट्रवादीहरुको विरोधको सूचीमा पर्दछन् ।यति बेलाचाहिँ कालापानी र लिपुलेकको विषयमा बहस तातेको छ । सरकार, राजनीतिक दल र दलका भातृ संगठन मात्र होइन सामान्य नेपाली नागरिकले पनि आफ्नो स्वाभिमान र अस्मितामाथि खेलबाड भएको भन्दै अपमानबोध गरिरहेका छन् र विरोधमा सहभागी पनि भैरहेका छन् ।

आफ्नो सीमाको रक्षा गर्नुपर्दछ भनी राजनीतिक दल र नागरिकहरुले उठाएको कुरा महत्वपूर्ण मात्र नभएर अन्तर्राष्ट्रिय एजेण्डा पनि हो । तर यो एजेण्डा उठाउँदा हामीले भावावेशको अभिव्यक्तिबाट भन्दा बढी कुटनीतिक माध्यमबाट गरिनुपर्छ । विरोधको शैली शिष्ट हुनुपर्छ । कसैलाई गाली गरेर समाधान निस्कँदैन, दूरी मात्र बढ्छ । राजनीतिक दलहरुले आमकार्यकर्ता र सोझासाझा जनताको तालीको लोभमा कार्यकर्ताको भीड देख्नेवित्तिकै उत्तेजित भएर चर्को विरोध र भाषण गरेर राष्ट्रवादको खोक्रो रुप देखिएला तर सही अर्थमा राष्ट्रवादी चाहिँ हुन सकिन्न । त्यसो भए राष्ट्रवादको वास्तविक रुप के त भनी प्रश्न उठ्न सक्दछ । सही अर्थमा राष्ट्रवाद भनेको राष्ट्रको सम्पन्नता हो । देश र नागरिक सम्पन्न नभएसम्म हाम्रो राष्ट्रिय स्वाभिमान उँचो हुन सक्तैन । स्वाभिमान उँचो नभएसम्म राष्ट्रियतताका कुरा कोरा नारामा मात्र सीमित हुन्छ ।

हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा भारतसँग निर्भर छ । भूराजनीतिक अवस्थाले पनि नेपालले भारतसँगको सम्बन्ध बिगार्नु उपयुक्त हुँदैन । यसबाट एकातिर नेपाली जनताले दुख पाउँछन् भने अर्कोततर्फ भारतको पनि अन्तर्राष्ट्रिय रुपमा आलोचना हुन सक्तछ । त्यसैले नेपाल–भारत सीमाका विषयलाई लिएर नेपाल–भारतबीच सम्बन्ध बिग्रनु हुन्न । नेपालका नेताले मौसमी कुरा गर्नु हुन्न र भारतले पनि नेपालप्रति सधैँ हेपाहाव्यवहार देखाउनु हुन्न ।

हामीले हाम्रो देश बलियो बनाउने हो भने आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ । आत्मनिर्भर हुन सके राष्ट्रियता बलियो हुन्छ । भोको पेटमा राष्ट्रियताको नारा खोक्रो हुन्छ । लामो समयदेखि देशको राजनीतिक नेतृत्व आमजनताका गास, बास र कपासका सवालमा अत्यन्तै उदासिन छ । जतिवटा सरकार बने पनि जनताका समस्यामा सरकारको खासै चासो छैन । बेरेजगारी बढ्दो छ । देशमा रोजगारीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगधन्दाहरु खुल्नु त परै जाओस् भएका उद्योगधन्दाहरु पनि धमाधम बन्द हुँदैछन् । ठूलो युवाशक्ति विदेश पलायन हुँदो छ । राजनीतिक अस्थिरताका कारण देशमा नै केही गरौँ न त भनेर प्रयासरतहरु पनि निराश अवस्थामा छन् । नुनदेखि सुनसम्मका सबै कुरामा विदेशीको खासगरी भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा राष्ट्रवाद कसरी संरक्षण हुन्छ ? यो राजनीतिक नेतृत्वले उत्तर दिनुपर्दछ ।

नेपालमा थरी थरी राष्ट्रवादीहरु देखिन्छन् । एकाथरी राजनीतिमा ग्लामरको लागि राष्ट्रवादका नारा तयगर्नेहरु पनि छन् जो चर्का भाषण र उग्र नारामा नै राष्ट्रवाद देख्दछन् र विदेशी (खासगरी भारत) लाई गाली गर्नमा रमाउँछन् । अर्काथरी समर्पणवादी राष्ट्रवादीहरु पनि छन् जो विदेशी सामु हातपसारी सहयोग भित्र्याउनमा आफ्नो राष्ट्रवाद सफल भएको ठान्छन् ।

उग्रपन्थी राष्ट्रवाद, दक्षिणपन्थी राष्ट्रवाद, संकीर्ण राष्ट्रवाद, आधुनिक राष्ट्रवाद, अति राष्ट्रवाद, आत्मसमर्पणवादी राष्ट्रवाद भनेर राष्ट्रवादलाई विभिन्न आँखाले व्याख्या गर्नेहरुको जमात पनि छ। त्यस्ता चित्रविचित्रका व्याख्यालाई चाहिँ जनताले खासै बुझ्दैनन् । यी सबै राष्ट्रवादका भ्रम मात्र हुन् । नेपालको राजनीतिमा अरुलाई निच र आफूलाई उँचो देखाउन आफू राष्ट्रवादी भएको र अरु चाहि राष्ट्रघाती भएको दाबी गर्ने गरिन्छ। यस्ता मौसमी राष्ट्रवादसँग भोकानाङ्गा जनताको कुनै सरोकार हुन्न । अतिवादी व्याख्याले सोझा–साझा जनताको आँखामा छारो हाल्ने शिवाय केहीगर्दैन ।
अतिवाद, जातिवाद, साम्प्रदायिकता र द्वन्द्व जस्ता कुरा शान्ति र सम्पन्नताका बाधक हुन् भने असम्पन्नता (गरिवी) राष्ट्रियताको बाधक हो ।

अरुलाई गाली गरेर वा अरुका पाउमा आत्मसमर्पण गरेर राष्ट्रवादी कहलिने होइन । विदेशीले हाम्रो राष्ट्रवादलाई कमजोर बनाइदिने पनि होइन र बलियो बनाइदिने पनि होइन । त्यसैले कुनै देशको विरोधले राष्ट्रवादी भावना जागृत पनि हुन्न । बरु यी सबै गतिविधि गर्नुको सट्टा आफ्नो देशलाई आत्मनिर्भर बनायो भने स्वतस्फर्त रुपमा राष्ट्रवादी भावना बलियो हुँदै जान्छ ।

विपन्नताले मानिसलाई कमजोर तुल्याउँछ र घृणा जगाउँछ । सम्पन्नताले मानिसमा स्वभिमान बढ्छ र स्वभिमानले मानिसको राष्ट्रियताको भावनालाई मजबुत बनाउँछ । जापानीहरु राष्ट्रवादी छन्, तर उनीहरु आफ्नो छिमेकी राष्ट्रलाई गाली गरेर राष्ट्रवादी भएका होइनन् बरु आफ्नो सम्पन्तासँग गर्व गरेर राष्ट्रवादी भएकाहुन् ।युरोपियन र अमेरिकनहरुको राष्ट्रवादी भावनाको कारक पनि सम्पन्नता हो । विश्वमा साह्रै थोरै मानिसहरु मात्र विपन्न भएर पनि राष्ट्रवादी बन्ने कोशिस गरिरहेका छन्, यस्तो राष्ट्रवादी हुने प्रयास सराहनीय भएपनि व्यवहारमा त्यसले केही परिणति ल्याउँदैन, किनभने भोको पेटले राष्ट्रवादको रथ तान्न सक्तैन ।

विश्व इतिहास हेर्ने हो भने जुन देश आफ्नाे देशलाई अरु देशसँग तुलना गर्दै राष्ट्रवादका चर्का नारा घन्काउँछ, त्यो देशको राष्ट्रियता दिनप्रतिदिन कमजोर हुँदै जाँदो छ र जुन देश अरु देशसँग पौँठेजोरी खेल्नुभन्दा पनिआफ्नो देशको सम्पन्नताका लागि समय खर्चिन्छ त्यो देशमा राष्ट्रवादी भावनाझन् झन् बलियो हुँदै गएको देखिएको छ । नेपालको राजनीतिक नेृतृत्वले यो वस्तु यथार्थ बुझ्न सक्यो भने नेपालमा पनि राष्ट्रियताको भावना आउँदा दिनमा बलियो हुँदै जानेछ । त्यसैले सीमा विवादलाई राष्ट्रियता र राष्ट्रवादका एजेण्डा बनाउने हो भने सबैले मौसमी कुरा गर्न छोड्नुपर्छ । सीमाका विषयमा सबैको एकमत हुनुपर्छ । परराष्ट्र नीति साझा र दीर्घकालनीन हुनुपर्छ । अनिमात्र हाम्रो राष्ट्रियता बलियो हुन्छ ।

newsofnepal/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button