
काँकरभिट्टा। साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ । उनको अमेरिकी समय अनुसार आइतबार विहान ३ बजे उपचारको क्रममा निधन भएको पारिवारले जानकारी दिएको छ । उनी एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका थिए ।
मेचीनगर-६ स्थित काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा छन्। उनकी छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुन् । अमेरिका गएको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी परेका थिए । उनलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर अमेरिकाको अस्पतालमा उपचार भइरहेको थियो ।



