स्वास्थ्य

के हो कस्मेटिक गाइनोकोलोजी? कस्ता महिलालाई प्रयोग गर्दा फाइदा हुन्छ?

कस्मेटिक गाइनोकोलोजी भनेको विभिन्न ऊर्जा उपकरण जस्तै लेजर, रेडियोफ्रिक्वेन्सी, शल्यक्रिया तथा पिआरपी, फिलर जस्ता, माध्यमबाट महिला जननांगको कार्यक्षमता पुनर्स्थापना र शौन्दर्यकरण गर्ने प्रक्रिया हो।

कस्मेटिक गाइनोकोलोजीमा प्रयोग हुने प्रविधिहरु कस्ता कस्ता छन्?
क) मिनिमल इन्भेजिभ प्रविधि
– पिआरपी
– फिलर
– लाइपोग्राफ्ट

ख) उर्जा उपकरण
– कार्बनाडाईअक्साइड लेजर
– रेडियोफ्रिक्वेन्सी
– याग लेजर
– हाईफु

ग) विभिन्न शल्यक्रिया

कस्ता महिलालाई यो प्रविधि प्रयोग गर्दा फाइदा हुन्छ?
– महिनावारी सुकिसकेका महिलाको योनी, पिसाबनलीको विभिन्न समस्या जस्तैः योनीको जलन, सुख्खापना, यौन सम्पर्क गर्दा असहज, सम्पर्क गर्दा दुखाइ हुने, पिसाब चुहिने, समय–समयमा पिसाबको संक्राण हुने।

– यौन सम्पर्कमा समस्या

– योनी खुकुलो हुने ः ५० प्रतिशत महिलामा प्रसवपछि÷बच्चा पाएपछि योनी खुकुलो, यौन सम्पर्कमा समस्या देखिन्छ।

– तनावको बेला मूत्र चुहिने समस्या ः खोकी लाग्दा, भारी काम गर्दा, पेटमा दबाब पर्दा पिसाब चुहिने समस्या (यो समस्या ३० देखि ९० वर्ष उमेर समूहमा ४५ देखि ५० प्रतिशतमा हुन्छ।)

– शौन्दर्यकरण गर्ने (आफ्नो जननांगको आकारसँग असन्तुष्ट हुने)

शल्यक्रिया र उर्जा उपकरणमा के भिन्नता छ?
ऊर्जा उपकरण प्रविधि
– बहिरंग विभागमा गर्न सकिने,
– कम समय लाग्ने,
– चिरफार गर्न नपर्ने,
– यौन सम्पर्क तथा अन्य आफ्ना दिनचर्याका काम छिट्टै शुरु गर्न सकिने।

ऊर्जा उपकरणको सफलता कस्तो छ?
विभिन्न देशमा भएको अनुसन्धान अनुसार सफलता दर राम्रो देखिएको छ। यो सुविधा लेट मि इन कोरियन स्कीन एण्ड गाइनोकोलोजी हस्पिटल महाराजगञ्जले हालसालै शुरु गरेको छ।

– (डा भण्डारी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।)स्वास्थ्य खबर पत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button