मूल खबर

अफगानिस्तानमा तालिबानद्वारा सबै राजनीतिक दलमाथि प्रतिबन्ध

काबुल— अफगानिस्तानमा तालिबानले फगानिस्तानका सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ ।

अन्तरिम कानून मन्त्री, शेख मौलवी अब्दुल हकीम शारेले अफगानिस्तानमा राजनीतिक दलहरूको गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको बताएका छन्।

‘देशमा राजनीतिक दलका गतिविधि पूर्णरुपमा बन्द भएका छन्, न त शरियामा यी दलको कुनै अडान छ, न शरियामा कुनै स्थान छ, न राष्ट्रिय स्वार्थ जोडिएको छ, न राष्ट्रले मन पराएको छ ,’ अन्तरिम कानून मन्त्री शेख मौलवीले भने । अब्दुल हकीम शारेले बुधबार काबुलमा आफ्नो मन्त्रालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उक्त कुरा अफगान तालिवानको मिडिया आउटलेटले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

तालिबानले एक आन्दोलनको रूपमा सत्ताको एकाधिकार जारी राख्न सक्छ र देशमा राजनीतिक बहुलतालाई अनुमति दिने कुनै इच्छा नदेखाएको डनले पत्रिकाले उल्लेख गरेको छ ।

यो प्रतिबन्ध कहिले लगाइएको थियो भन्ने स्पष्ट छैन, तर अफगान तालिबानले थप समावेशी सरकार गठन गर्न अन्तर्राष्ट्रिय दबाबको प्रतिरोध गर्दै आएको छ । उनीहरूको ‘अन्तरिम सरकार’ मा सबै जातजाति र जनजातिहरूका प्रतिनिधिहरू समावेश भएको दाबी गर्दै आएको छ।

तालिबान सरकारले सामान्यतः राजनीतिक गतिविधिहरूलाई ‘गेट—गो’बाट अस्वीकार गरेको छ, यो यस सम्बन्धमा पहिलो आधिकारिक बयानको रूपमा व्यापक रूपमा हेरिएको डन पत्रिकाले उल्लेख गरेको छ।Sagarmatha TV

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button