
काठमाडौ । जनयुद्धको कार्यभारलाई पुरा गर्न र वैज्ञानिक समाजवादी ब्यवस्थाको स्थापना गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी)पार्टीको नेतृत्व सहित ४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त विज्ञप्तिमा भदौ २३ र २४ गतेको विशेष राष्ट्रिय भेलाबाट सो पार्टी गठन भएको बताईएको छ तर स्थान भने खुलाईएको छैन ।




