मूल खबरस्वास्थ्य

निदान अस्पतालका सिइओसहित पाँच जना पुर्पक्षका लागि जेल चलान

काठमाडौं– मिर्गौला तस्करी आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। ललितपुर जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई मंगलबार पुर्पक्षका लागि जेल चलान गरिएको हो।

उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप छ।

मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा-३ का शंकर लामा योञ्जन हुन्।

मानव बेचविखन मुद्दामा पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गोविन्द थपलियाले बताए। उनीहरुलाई मानव बेचविखन तथा ओसारपसरा ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही प्रक्रियाअघि बढाइएको हो।

मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई प्रहरीले गत असोज २९ गते मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो।नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button