कला

झ्याउरेमा परदेशी छुकछुके रेलैमा

लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित फिल्म परदेशी–२ को परदेशी छुकछुके रेलैमा बोलको झ्याउरे गीत बुधवार सार्वजनिक गरिएको छ।

गीतमा निर्देशक रायमाझीसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ। शब्द पनि निर्देशक रायमाझी स्वयंले कोरेका छन् । यसमा उनीसँगै प्रेमदेव गिरीले संगीत दिएका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा शेखर घर्ती मगर, पूर्ण लामा, विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनारलगायतको नृत्य गरेका छन्। भिडियो रामजी लामिछाने र गोविन्द राई कोरियोग्राफी गरेका छन् भने नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको छ।

नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यस प्रकारको मौलिक झ्याउरे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ। परदेशी–२ दशैंको छेको पारेर आगामी असोज २६ गते रिलिजमा ल्याइने तयारी गरिएको छ। राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतले अभिनय गरेका छन्। फिल्ममा कथा र पटकथा रमेश बीजी, छायांकन मानकृष्ण महर्जन र सम्पादन दीर्घ खड्काको छ।युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button