खबर

सेवा आयोगमा विद्यार्थी संगठनको तालाबन्दी

काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेका छन् । विवादास्पद मूल्यांकन स्थगित गर्नुपर्ने माग राख्दै गरिएको तालाबन्दीका कारण प्राध्यापक तथा सहप्राध्यापकहरुको अन्तर्वार्ता प्रभावित भएको छ ।

नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी संगठनको तालाबन्दीका कारण प्राध्यापकहरुको अन्तर्वार्ता विथोलिएको प्रशासकीय अधिकृत केदार ढकालले बताए ।

विद्यार्थीहरुले सेवा आयोग अध्यक्ष घनश्याम भट्टराई र सदस्य हेमराज ढकाललाई विश्वविद्यालय प्रवेशमा निषेध गरिएको सूचना टाँसेका छन् ।Sagarmatha TV

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button