खबर

अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ ।

घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकलाई पक्राउ गरेको थियोे।

एउटा मिनी ट्रकमा सय क्युफिट मापदण्ड अनुसारको निर्माण सामग्री पठाउनुपर्नेमा डिपो सञ्चालकहरूले ८२ क्युफिट मात्र पठाउने गरेको उजुरीका आधारमा ठगी मुद्दाका अतिरिक्त सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको हो ।

अपराध महाशाखाका अनुसार, डिपो सञ्चालकहरू पञ्चेश्वर स्वयम्भुका प्रमुख महेश्वर श्रेष्ठ, रन्जित एन्ड रन्जितका रन्जित थापा, धनेश्वर महादेवका सन्तोष कुँवर, खाँडादेवीका प्रकाश भण्डारी र कामनाका बद्री गिरीको सम्पत्ति छानबिनका लागि अनुसन्धान सुरु गरिएको हो ।

त्यस्तै, शुभकामनाका सञ्चालक सुरेन्द्र केसी, महालक्ष्मीका लक्ष्मण श्रेष्ठ, बज्रका वीरेन्द्र कुइँकेल, गरिमाजका श्याम मगर, जेबीएसका सन्देश लामा र माधव पण्डितविरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाइएको महाशाखा प्रमुख सहकुल थापाले बताए ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button