खबर

ओलीलाई रविको जवाफ : राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईकै नेतालाई भोट दिने भोटर कस्ता ?

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन्।

सोमवार नेकपा एमालेको पार्टी केन्द्रिय काार्यलय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ति भोटर चाहीँ कस्ता ? भन्ने प्रश्न गरे ।

सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button