सुबास हुमागाईं, ढाका
महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन ।

कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद भट्टको प्रशिक्षणमा चार महिनादेखि रहेको टोलीले पछिल्लो महिना झन्डै ३ साता थाइल्याण्डमा रहेर प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेको थियो । निकै युवा खेलाडीहरु समेटेर बनेको यस टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो ।
उपाधि जित्ने नेपाली टोलीका खेलाडी सदस्य तथा प्रशिक्षक टोली यसप्रकार छ :
अरुणा शाही, कप्तान, सेटर

प्रतिभा माली, ओपन स्पाइकर

सरस्वती चौधरी, ओपन स्पाइकर

जानकी भण्डारी, सेटर

कमला पुन, सेटर

निरुता ठगुन्ना, अपोजिट स्पाइकर

पुनम चन्द, अपोजिट स्पाइकर

रेश्मा भण्डारी, अपोजिट स्पाइकर

साफिया पुन, मिडल ब्लकर

सलिना श्रेष्ठ, लिबेरो

सुनिता खड्का, मिडल ब्लकर

उषा विष्ट, मिडल ब्लकर

जगदीश प्रसाद भट्ट, मुख्य प्रशिक्षक

सलिना श्रेष्ठ, सहायक प्रशिक्षक

भरत यादव, सहायक प्रशिक्षक

रिता कोइराला, व्यवस्थापक

च्याम्पियन बनेको नेपाली टोलीको तस्बिर:









