
एजेन्सी – ओलिभर जिरुडको अन्तिम समयमा गोल गरेपछि फ्रान्सले मल्दोभामाथि संघर्षपुर्ण जित हात पारेको छ । बिहीबार राति भएको खेलमा फ्रान्सले मल्दोभामाथि २–१ को संघर्षपुर्ण जित हात पारेको हो ।
पेरिसमा भएको खेलको नवौं मिनेटमा भादिम राताको गोलमा घरेलु टोली पछि परेको थियो । ३५औं मिनेटमा राफयल भरानेले बराबरी गोल फर्काए ।
खेल सकिन ११ मिनेट बाँकी रहँदा ओलिभर जिरुडले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए । जितसँगै फ्रान्स समूह ‘एच’ मा ९ खेलबाट २२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । माल्दोभा ३ अंकसहित पुछारमा छ ।
यही समूहको अर्काे खेलमा अल्वानिया र एन्डोराले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अल्वानियाको १३ तथा एन्डोराको ४ अंक छ।



