सृजनाको चौतारी

चार कृति एकैसाथ लोकार्पण

एकैसाथ चार कृतिको लोकार्पण गरिँदै ।

काठमाडौँ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोह बीच एकैसाथ लोकार्पण गर्नुभएको छ ।

नरेन्द्रराज प्रसाईद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति लगायत डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृतिको बिहीबार लोकार्पण गरिएको हो ।

वानीरा फाउन्डेसनद्वारा आयोजित लोकार्पण समारोहमा अनुवादक अणुराज जोशी तथा डा. अनिष मुडभरीबाट लोकार्पित कृतिहरुबारे मन्तव्य प्रस्तुत भएको थियो । वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य राख्नुभयो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम सुरु भएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button