कला

२३ विधामा साधना म्युजिक रिवार्ड सम्पन्न

काठमाडौं ।

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० विभिन्न २३ विधामा प्रदान गर्दै हालै राजधानीमा सम्पन्न भएको छ।

सामना म्युजिक क्रियशनको आयोजनामा सम्पन्न कार्यक्रममा रिवार्ड कार्यक्रममा ख्यातिप्राप्त संगीतकार शम्भुजीत बाँसकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।

त्यसैगरी मोडल विजेन्द्र नौवागेलाई साधना कला सम्मान, लोक सञ्चारकर्मी चन्द्रमणि गौतमलाई साधना लोक सञ्चाकर्मी पत्रकारिता सम्मान, साहित्यकार दामोदर पुडासैनी किशोरलाई साधना विशिष्ट साहित्य सम्मान, सञ्चाकर्मी गोमा परियारलाई साधना सञ्चारकर्मी सम्मान, कमला जोशीलाई साधना रंगपत्रकारिता सम्मान, फेसन डिजाइनर कोपिला सुनारलाई साधना फेसन डिजाइनर सम्मान, गायक तथा संगीतकार नवराज ढुंगानालाई संगीतकर्मी सम्मान, डा. प्रकाश पौडेललाई साधना गीतकार सम्मान, कलाकार मोडल प्रमिता राजघतानीलाई साधना कला सम्मान, मेकअप आर्टिस्ट प्रशिक्षक संगीता रानालाई साधना सौन्दर्यकर्मी सम्मान तथा कलाकार मोडल साया भण्डारीलाई साधना कला सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले रिवार्ड कार्यक्रमले कलाकारलाई प्रोत्साहन गर्ने बताए। सञ्चारकर्मी तथा फिल्मकर्मी दिनेश डिसीले रिवार्ड कार्यक्रमले संगीतकर्मको समेत विकास हुने चर्चा गरे।

सञ्चारकर्मी एवं रिवार्डका सल्लाहकार शान्तिप्रियले स्वागत मन्तव्य राख्दै अवार्डलाई मर्यादित बनाउनुपर्नेमा जोड दिए। कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन्।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button