खबर

पार्टीको अनुमति बिना विदेश नजान सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराउनुभएको हो ।

पार्टी संसदीय दलका नेता समेत रहनुभएका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताउनुभयो । विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कुनैपनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने पनि बताउनुभयो ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button