खेलकुद

ह्याण्डबल आजदेखि, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्दै

अर्जुन कार्की, पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि महिला र पुरुष दुवैतर्फको ह्याण्डबल खेलहरु शुरु हुँदैछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पुरुष ह्याण्डबलको पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दैछ ।

नेपाल ह्याण्डबल संघको स्थापनाको करिब ३३ वर्ष पछि नेपाली खेलाडीले आफ्नै होम ग्राउण्डमा पहिलो पटक म्याटमा खेल्दैछन । ह्याण्डबलमा महिला पुरुष दुबैतर्फ आयोजक राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ६ देशले खेल्नेछन् । समूह ‘ए’ मा भारत, बंगलादेश र माल्दिभ्स रहेको छन् भने समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान र श्रीलंका रहेक छन् । दुबै टिमका समूह विजेता र उपविजेता सेमिफाईनल प्रबेश गर्नेछन् ।

यस्तै महिला ह्याण्डबलमा नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्नेछ । महिला ह्याण्डबलमा पनि नेपाल समूह ‘बी’ मा परेको छ । समूह‘बी’ मा नेपाल लगायत बंगलादेश र श्रीलंका रहेको छ । समूह ‘ए’ को महिला ह्याण्डबलमा भारत, पाकस्तान र माल्दिभ्स रहेको छ । नेपाली टिमले यस पटक बिदेशमा पनि प्रशिक्षण गरेकाले पदकको आशा गरेको छ । सागमा अहिलेसम्म नेपाल पदकविहिन छ ।

यसअघिको साग संस्करणहरुमध्ये ११ औं सागबाट नेपालको पुरुष टिम र १२ औं सागबाट नेपाली महिला ह्याण्डबल टोलीले सहभागिता जनाएको थियो । १२ औं संस्करणको सागको ह्याण्डबलमा दुबै टोली सेमिफाइनलमा पराजित हुँदै पदक विहीन बनेको थियो । १२ औं सागको सेमिफाइनलमा नेपालको पुरुष टिम भारतसँग पराजित बनेको थियो । तेस्रो स्थानको लागि नेपाल बंगलादेशसँग हारेको थियो ।

त्यस्तै, १२ औं संस्करणकै साग गेमको सेमिफाइनलमा नेपाली महिला टोली बंगलादेशसँग हारेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पाकिस्तानसँग हार्दै पदकविहीन बनेको थियो ।hamrokhelkud

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button