मूल खबरहेड लाइन

सिन्धुपाल्चोकमा समातिएको २२ लाखको अवैध भेप भाटभटेनी साहुको, कारबाहीको माग

न्युज अफ नेपाल
काठमाडौं ।

भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परेपछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।

प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो । ना.६ ख ५४९६ नंम्वरको ट्रकबाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिए । उनका अनुसार ९३ डब्बामा अवैध ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।

साेही सबालललाइ लिएर संसदमा प्रश्न उठेकाे हाे ।

एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अवैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो ? भन्दै सांसद झाले प्रश्न उठाए । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस् भन्न चाहन्छु’ झाले भने ।

उता, माओवादी सांसद कार्कीले पनि सो विषय संसदमा उठाएका हुन् । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरुरी छ,’ उनले भने।

बरामद भएका सामाग्रीसहित चालक भोटेकोसी गाउँपालिका- २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय हरिहर भवनमा पटाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button