खबर

देशमै पहिलो पटक नेकपा(एस)ले बुझायो पार्टीको आर्थीक विवरण

झापा।नेकपा(एकीकृत समाजवादी)झापाले देशमै पहिलो पटक आर्थीक कारोबार निर्वाचन आयोगमा बुझाएको छ ।सो पार्टीका झापा अध्यक्ष विपी भट्टराईका अनुसार पार्टीको स्थापनादेखिको आर्थीक कारोबारको विवरण जिल्ला निर्वाचन कार्यालय झापामा आईतबार बुझाएको हो ।पार्टी स्थापना(२०७८)देखि २०८१ चैत्र मसान्त सम्मको झापा पार्टीको आर्थीक कारोबारको विवरण जिल्ला निर्वाचन कार्यालमा सो पार्टीका जिल्लाका नेताहरुले सामूहिक रुपमा गएर जिल्ला निर्वाचन कार्यालयव झापाका प्रमुख तुलकुमार न्यौपानेलाई बुझाए थिए ।

झापा सइन्चार्ज निलमणी बराल, झापा सइन्चार्ज चन्द्रा श्रेष्ठ , अध्यक्ष बि पी भट्टराई, उपाध्यक्ष , सरस्वती लिम्बू ,सचिब ,सानुकुमार लामा ,उपसचिबहरु श्रीप्रसाद मिश्र , उदय बराइली र जिल्ला कमिटी सदस्य लक्ष्मण खतिवडाले सयुक्त रुपमा झापा निर्वाचन कार्यालय प्रमुख तुलकुमार न्यौपानेलाई विवरण पत्र बुझाएका थिए ।सो पार्टीले निर्वाचन कार्यालय झापालाई बुझाएको कारोबार विवरण अनुसार २५लाख ६हजार ६ सय १५रुपैयाँ झापा पार्टीले कारोबार गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button