खबरहेड लाइन

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा

सोमबार छठ पर्वको दिन कमल पोखरीमा छठीमाताको पूजाआजा गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिरः विकास द्वारे

काठमाडौँ, कात्तिक १० गते। प्रधानमन्त्री सुशीला कार्की कमल पोखरीमा पुगेर छठ पूजा गर्नुभएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा पुगेर छठ पूजामा सहभागी हुनुभएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले भने पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको छ।

विगतमा तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडमा समेत मनाउन थालिएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button