मूल खबरहेड लाइन

संरक्षण चाहिएको माटो हेलामा

चाँदनी हमाल

काठमाडौँ, मङ्सिर २० गते । हिमाल, पहाड र तराईको भौगोलिक र जैविक विविधतासँगै नेपालको माटोमा पनि अमूल्य विविधता छ तर माटोलाई माया गर्न नजानेकै कारण आर्थिक वृद्धिको प्रमुख स्रोतका रूपमा उपयोग गर्न नसकिएकोमा विज्ञ चिन्ता व्यक्त गर्नुहुन्छ । नेपाल कृषि प्रधान देश भएका हिसाबले पनि भनेजसो गरेर माटोको संरक्षण गर्न नसकिएको विज्ञको ठहर छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार माटो नेपालको कृषि उत्पादनको प्रमुख माध्यम हो ।

शुव्रmबार ‘स्वस्थ माटो स्वस्थ गाउँ सहर’ नाराका साथ विश्व माटो दिवस मनाइँदै गर्दा नेपालको माटोलाई माया गर्नुपर्नेमा विज्ञले सुझाउनुभयो । संयुक्त राष्ट्रसङ्घको ६८ आँैं महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्वभर विश्व माटो दिवस मनाउन थालिएको हो । नेपालमा भने विसं २०७२ अर्थात् सन् २०१५ देखि मात्र विश्व माटो दिवस मनाउन थालिएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिवकुमार बास्कोटा भन्नुहुन्छ, “जति नेपाल भूगोल अनुसार उर्वर अमूल्य माटोको धनी छ, त्यही अनुसार हामीले माटोलाई माया गर्न जानेनौँ, बारम्बार हेला गरिरहेका छौँ ।” उहाँका अनुसार स्वच्छ र स्वस्थ माटो बन्न करोडौँ वर्ष लाग्छ । अनेकन घाम–पानीको सकस झेल्दै चट्टानका कणहरू नै माटोमा परिणत हुन्छन् । भूगोल अनुसारको बनोटका चट्टान अनुसार माटोका गुणहरू फरक हुने उहाँ बताउनुहुन्छ ।

नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असर र विकासे परिवर्तनको असरका कारण अमूल्य माटो हेलामा परेर फालिने गरेको उहाँले बताउनुभयो । करोडौँ वर्ष लगाएर बनेको सतहको मलिलो माटो कहिले बाटो बनाउने, विकासे पूर्वाधार निर्माण गर्ने र खानी सञ्चालन गर्ने नाममा त्यत्तिकै मिल्काउने गरिएको उहाँ सुनाउनुहुन्छ ।

गाउँ गाउँमा बाटो लग्ने व्रmममा खनिएका सडकबाट निस्केको माटो जथाभावी भिरबाट फ्याँक्दा त्यसले पहिरोको रूप लिएर बर्सेनि जनधनको क्षति बेहोर्नु परेको छ । बास्कोटाले थप्नुुभयो, “त्यति मात्र होइन, कुनै पनि खानीको उत्खनन गरेपछि त्यहाँको माटोको सही व्यवस्थापन गर्नुपर्ने नियमविपरीत त्यसै माटो फ्याँकिने गरिन्छ, माटोको मूल्य नबुझेर त्यस्ता घटना दोहोरिनु दुःखद हो ।”

माटोलाई साँच्चै माया गर्ने हो भने फालेर होइन, माटोलाई सही ढङ्गले व्यवस्थापन र सदुपयोग गरेर मूल्यवान् बनाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । अझ पहाडी भेगमा बढ्दै गएको जग्गा प्लटिङले पहाडको नापनक्सा नै बदलेर जोखिम निम्त्याइरहेको उहाँ बताउनुहुन्छ । पहाडमै घर बनाउनु परेमा त्यसरी माटो खनेर फाल्नु नपर्ने उहाँको भनाइ छ । कृषि अनुसन्धान परिषद् नार्कका माटोविज्ञ डा. श्रीप्रसाद विष्टका अनुसार नेपालको माटोको गुणवत्ता निकै उच्च स्तरको छ तर संरक्षणकारी भूमिकामा समन्वय नहुँदा समस्या छ । पछिल्लो समय भूक्षय र पहाडको बाँझोपनले माटोको सदुपयोगमा कमी आउँदै गएको टिप्पणी उहाँ गर्नुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौँ जस्तो घना सहरबासीलाई खाद्यान्न र तरकारीको २० प्रतिशतसम्मको हिस्सा आसपासकै जमिनबाट पु¥याउनुपर्ने नीति छ तर सहरमा कृषिभन्दा कङ्व्रिmटको खेती बढेकोबढ्यै हुँदा भोलि टेक्ने जमिन पनि नहुने हो कि भन्ने चिन्ता बढेको विष्ट औँल्याउनुहुन्छ ।

नेपालमा भूगोल अनुसार रातो फुस्रो माटो, पाँगो माटो, बलौटे माटो, हिमाली माटो र तलैया माटो गरी पाँच प्रकारको माटो पाइन्छ । कृषिमन्त्री

डा. मदनप्रसाद परियारका अनुसार तिनै तहका सरकारको समन्वयमा माटो स्वास्थ सुधारका लागि घुम्ती माटो शिविर सञ्चालन, विषादीको समुचित प्रयोगका लागि चेतनामूलक अभियानसहितका कृषि विकास कार्यव्रmम र माटो व्यवस्थापन र दिगो कृषिमा सम्झौता नगरी कृषि व्यवसायीकरण प्रवर्धनका कार्यव्रmम नचलेका होइनन् तर सबै पक्षले सही रूपमा कार्यान्वयनमा नलैजाँदाको समस्या छ ।

यसले पृथ्वीलाई जीवन्त राखी सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न भूमिका खेल्छ तर सघन खेतीसँगै बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोको भौतिक, रासायनिक र जैविक गुणमा नकारात्मक असर पर्दै गएको मन्त्रालयले प्रस्ट पारेको छ । गाउँको माटो उत्पादनको स्रोत हो र सहरको माटो हरियाली कायम राख्ने, तापव्रmम कम गर्ने र कार्बन भण्डारण गर्ने साधन र साध्य दुवै भएको मन्त्रालयले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button