खबरस्वास्थ्य

बौद्धमोड एक दिने निशुल्क थेरापी शिविर हुने

झापा। मेचीनगर नगरपालिका वडा नं २ भोली (बिहिबार)निशुल्क थेरापी शिविर संचालन हुने भएको छ ।मेचीनगर २ बौद्धमोडमा रहेको वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवा सेन्टरले शिविर संचालन गर्न लागेको हो ।थेरापी सेन्टरका संचालक कमल गौतमका अनुसार भोली (बिहिबार)बिहान १० बजेदेखि ४ बजे सम्म निशुल्क शिविर संचालन हुने बताईएको छ ।

सो शिविरमा आवाश्यक औषधि समेत निशुल्क वितरण गरिने संचालक गौतमले बताए ।उनले निशुल्क थेरापी शिविरमा आएर सहभागिता जनाईदिन सबैलाई अनुरोध समेत गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button