
र शेखर कोइराला समूहले क्रियाशील सदस्यता अद्यावधिक र ‘जरा अभियान’ अवज्ञा गर्ने निर्णय गरेका छन्। सातै प्रदेशमा शीर्ष नेताहरूलाई जिम्मेवारी दिँदै इतर पक्षले कार्यकर्ता परिचालन सुरु गरेको छ।
इतर पक्षले सभापति गगन थापामाथि एकताका लागि पहल नगरेको आरोप लगाएको छ भने चार सर्त अघि सार्दै पार्टी एकताको आधार तयार गर्न दबाब दिएको छ।
यता संस्थापन पक्षले भने बिना सर्त एकताका लागि आह्वान गरेको छ। तर, पछिल्ला निर्णयहरू—जस्तै नेताहरूलाई पदबाट हटाउने र कारबाही प्रक्रिया—ले झन् विवाद बढाएको देखिन्छ।



