सृजनाको चौतारी

जब मेराे बाेल्ने पालाे

तमासा गर्दागर्दै उ आफै तमासा भएर गयाे
न मसँग नाम थियाे न त दाम नै
उसले मलाई महँगाे बनाएर गयाे।

टाढा भएर गएपनि गहिराे प्रेम छाेडेर गयाे
तारा बनाउन लागेकि उसलाई म
मलाई नै अन्धकारमा धकेलेर गयाे।

मेरा सारा आवाजहरू उसकै लागि समर्पण गरे
जब मेराे बाेल्ने पालाे आयाे
उसले नै मलाई लाटाे बनाएर गयाे।

कसैकाे ओैँलाे समातेर अन्तरघात गरेर गयाे
आँखा खुलेपछि देख
उसैले पर्दा पछाडि नाटक मन्चन गरेर गयाे।

जब बाेल्नु पर्दथ्याे त्याे बेला नबाेली बसे म
अवसरवादी रहेछ आखिर उसैले मलाई
घातमाथि अन्तरघात गरेर गयाे।

हिजाे मैले हारेकाे चर्चा उसैले धेरै गरेर गयाे
आज भित्रभित्रै जितकाे नक्सा काेरिदैछ
टाढाबाट तमासा हेरेर के भयाे
आखिर उस‌ैले मलाई महँगाे बनाएर गयाे।
२०८३/१/२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button