
बाढी प्रभावित क्षेत्र ।
काठमाडौँ, भदौ १२ गते । नेपाल प्रहरीले शुक्रबार अपरान्ह ५ बजेसम्म पाँच सय ५३ जनाको शव फेला परेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४७ जना, नवलपरासी पूर्वमा १३४ जना, नुवाकोटामा ३८ जना, चितवनमा २२२ जना, तनहुँमा ३१ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ ।
हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीमध्ये एक प्रहरी मृत फेला परेका छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ ।
काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ९७ छ ।
गोरखापत्र अनलाइन



