मूल खबर

घनेन्द्र बस्नेतको स्मृतिमा नेकपा (संयुक्त) झापाद्वारा श्रद्धाञ्जली कार्यक्रम

बिर्तामोड। नेकपा (संयुक्त) का वरिष्ठ नेता घनेन्द्र बस्नेतको तेह्रौँ पुण्यतिथिका अवसरमा पार्टीको झापा जिल्ला कमिटीले बिर्तामोडमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वामपन्थी नेता नरेश खरेलले स्वर्गीय बस्नेतसँग बिताएका संघर्षपूर्ण दिनहरूको स्मरण गर्दै देश र जनताको मुक्तिका लागि आफूहरू सँगै लडेको बताए। उनले बस्नेतसँगै १७ वर्ष जेल जीवन बिताएको र झापा विद्रोहका क्रममा सँगै संघर्ष गरेको स्मरण गरे। देश र जनताको मुक्तिका लागि आफूहरू मृत्युसँग समेत जुध्न तयार भएको तथा सँगै जेल तोडेको प्रसङ्ग उल्लेख गर्दै खरेलले बस्नेतको योगदानको चर्चा गरे।

खरेलले किसान, मजदुर तथा श्रमजीवी वर्गको पक्षमा स्वर्गीय बस्नेतले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताए। उनले बस्नेतको संघर्ष, त्याग र योगदानलाई सम्मानपूर्वक सम्झिरहने उल्लेख गरे।

नेकपा (संयुक्त) का झापा संयोजक श्रीप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण खतिवडाले गरेका थिए।

कार्यक्रममा नेकपा (संयुक्त) कोशी प्रदेश कमिटी सदस्य श्रीप्रसाद सिटौलासहित झापाका विभिन्न जिल्ला, गाउँ तथा नगर तहका अगुवा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button