मूल खबर

मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ : प्रधानमन्त्री ओली

काठमाडौँ । संविधान दिवसका अवसरमा टुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित सपनामाथि आफूले पानी छम्केको बताएका छन् । प्रधानमन्त्री ओलीले भविष्यप्रति आशावादी भए मात्रै कुनै पनि देश बाँच्न सक्ने बताए।

उनले भने, मेरो काम मुर्छित सपनाहरूलाई जगाउनु र तिनीहरूप्रति विश्वास बढाउनु थियो। र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरून्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो। मैले त्यही नै कोसिस गरेको थिएँ।

टुँडिखेलमा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य प्रमुख तथा उच्चपदस्थ व्यक्ति सहभागी भए।

सम्बोधनका क्रममा ओलीले सरकार गठन भएपछिका प्राप्त उपलब्धिको लामो विवरण पनि सुनाए। कार्यक्रममा सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो।नेपाल समाचारपत्र अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button