खबर

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए । सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेका स्थानीय खुशी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रुप लिने आशा व्यक्त गरे । सुरुङ मार्गको प्रवेशद्वार टोखा नागरपालिका वडा नं १, भोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

नुवाकोट हुँदै काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाडौँ छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवद्र्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ ।  कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button