मूल खबर

नेकपाको एकीकरण, अझै पुगेन धार्नी

नेपाल कम्युनिस्ट पार्टी्भित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ।पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन। पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताको सम्पूर्ण काम सम्पन्न गर्ने घोषणा गरेको १८ महिना पुग्दासमेत आन्तरिक किचलोका कारण पूर्णता पाउन सकेको छैन।

सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र विभिन्न जनवर्गीय संगठनको एकताको काम सम्पन्न भए पनि अधिकांश स्थानीय तहका कमिटीले पूर्णता पाउनसकेको छैन। प्रदेश कमिटीले स्थानीय कमिटीको एकता टुंगो लगाउन जिल्ला कमिटीलाई निर्देशन दिए पनि केन्द्रमा रहेको गुटको प्रभावका कारण प्रभावित हुँदै आएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल केही विषयमा असन्तुष्टि राख्दै आएका छन् । पहिलो वरिष्ठ नेताबाट दोस्रो वरीयताको वरिष्ठ नेता बनाइएको भन्दै सचिवालय बैठकमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भनाभन भएको थियो।  नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button