एजेन्सी – इंग्ल्यान्डका युवा स्टार मासन ग्रीनउडले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा सम्झौता नवीकरण गरेका छन् । ग्रीनवुडले सम्झौता अवधि एक वर्ष बाँकी छदै शुक्रबार युनाईटेडसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब उनी जुन २०२३ सम्म युनाइटेडमा रहने छन् । इंग्ल्यान्डको यु–२१ टोलीका महत्वपुर्ण सदस्य रहिसकेका १८ वर्षे ग्रीनवुड युनाइटेडकै उत्पादन हुन् ।
२०१८ मा व्यवसायिक रुपमा युनाइटेडमा अनुबन्धित भएका ग्रीनवुडले गत मेमा कार्डिभ सिटीविरुद्व डेब्यु गर्ने मौका पाएका थिए । उनी युनाइटेडबाट डेब्युमै पुरा समय खेल्ने खेलाडीको सुचीमा छन् । त्यसपछि उनी लगातार प्रशिक्षक ओले गनर सोल्सजरको नजरमा छन् ।
उनले पहिलो रोजाईमा खेल्दै लिड्स र इन्टर मिलानविरुद्ध गोल गरेका थिए ।
‘७ वर्षको उमेर देखि युनाइटेडको एकेडेमीमा छु । यहाँको प्रशंसकहरुसँगै हुर्कन पाउँदा र पहिलो टिमबाट खेल्न पाउँदा साँच्चिकै सपना साकार भए जस्तो लागेको छ ।’ ग्रीनडउडले सम्झौता नवीकरणपछि भने ।
प्रशिक्षक सोल्सजरले ग्रीनवुड निकै प्रतिभाशाली रहेको र उनले क्लबमा रोमेलु लुकाकु, एलेक्सिस सान्चेज र चोटसँग जुधिरहेका एन्थोनी मार्सियलको स्थान लिइरहेको बताए ।hamrokhelkud



