मूल खबर

सरकारसँग वार्ता गर्न चन्द समूहले राख्यो यस्तो दुई सर्त

नेत्रविक्रम चन्द नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ ।

चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर बैठकले सरकारले अघि सारेको वार्ताको कुरा पत्यार गर्न लायक नभएको निष्कर्ष निकालेको छ ।

‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’को हतियार प्रयोग गरिरहेको सन्दर्भमामा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमान्दारीका साथ प्रतिवन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निःसर्त आएमा सकारात्मक रुपले सोच्ने निर्णय लिएको छ,’ चन्द समूहले उल्लेख गरेको छ ।  कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button