खेलकुद

रेड स्टारको पोस्टमा टोटेनहमको ५ गोल, बायर्नको संघर्ष

एजेन्सी – यो सिजन निकै संघर्ष गरिरहेको इंग्लिस क्लब टोटेनहम हस्टपरले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा टोटेनहमले सर्वियन क्लब रेड स्टार बेल ग्रेडमाथि ५–० को फराकिलो जित निकालेको हो ।

टोटेनेहमको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले समान २–२ गोल गरे । इरिक लमेलाले एक गोल थपे । खेलको शुरुवात देखि नै रेड स्टारलाई दवावमा राखेको टोटेनहमले खेलको नवौं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले इरिक लमेलाको पासमा गोल गरेका थिए ।

१६औं मिनेटमा लमेलाकै पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पा¥यो । ४४औं मिनेटमा एन डोम्वेलेको पासमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

अघिल्ला दुई गोलका लागि अवसर सिर्जना गरेका इरिकले ५७औं मिनेटमा गोल गरेपछि टोटेनहम फराकिलो जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ५–० को फराकिलो जित दिलाए । टोटेनहमको यो पहिलो जित हो । जितसँगै टोटेनहमलले समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रेडस्टार ३ अंकसहित तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले ग्रीसको ओलम्पियाकोसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा टोलिसोले एक गोल गरे । घरेलु टोलीक युसेफ अल अरवी र गुइलहेर्मेले गोल गरे ।

जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । १ अंक जोडेको ओलम्पियाकोस पुछारमा छ ।hamrokhelkud/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button