स्वास्थ्य

वासिङ मेसिनमा ब्याक्टेरिया हुन सक्छ

क्रिस्टोफोर कुर्ले

हेल्थलाइन – हामीले घरमा प्रयोग गर्ने वासिङ मेसिनमा पनि ब्याक्टेरिया हुन सक्छन् भनेर तपार्इं पत्याउनुहुन्न होला। तर, विज्ञहरुका अनुसार वासिङ मेसिनमा ब्याक्टेरिया मज्जाले हुर्किने गरेका छन्।

जर्मनीको एक अस्पतालमा रहेको वासिङ मेसिनमा ब्याक्टेरिया पाइएको थियो। विज्ञ भन्छन्, ‘वासिङ मेसिनमा ब्याक्टेरिया हुन सक्छन्, किनकी मेसिनले एकदम कम तापक्रममा लुगा धुने गर्छ।

तर ती ब्याक्टेरिया मानिसलाई बिरामी नै पारिहाल्ने चाहिँ नहुने विज्ञ बताउँछन्। उनीहरु समयसमयमा वासिङ मेसिन सफा गर्ने र कपडा बाहिर मज्जाले डोरीमा सुकाउने गर्नुपर्ने बताउँछन्।

धेरै वासिङ मेसिन प्रयोगकर्ता ब्याक्टेरियाको बारेमा अनिभिज्ञ हुन सक्छन्।

जर्मन चिल्ड्रेन्स हस्पिटलमा न्युनेटल इन्टेसिभ केयर युनिटमा शिशुका लुगामा मल्टी ड्रग रेसिसटेन्ट प्याथोजिन पाइएको थियो। अध्ययनकर्ताहरुले अस्तपालको लन्ड्री रुममा ब्याक्टेरियाको संक्रमण पाएका थिए।

शिशुहरु ड्रग रेसिस्टेन्ट ‘क्लेब्सिला ओक्सिटोका’ प्याथोजेनको सम्पर्कमा थिए तर उनीहरुलाई संक्रमण भने भएको थिएन– अध्ययनकर्ता बताउँछन्।

सर्वसाधारणले आफ्नो वासिङ मेसिनको ध्यान कसरी पुर्‍याउनुपर्छ भन्नेमा मिश्रित प्रतिक्रिया छ। जोन हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटी इन म्यारिल्यान्डले भने, ‘अस्पतालमा प्रयोग भइरहेको वासरमा ब्याक्टेरियाहरु सम्पर्कमा आउन सक्छन्, जुन अस्पतालको वातावरणमा हुर्किन सक्छन्।’

यो ब्याक्टेरियाले धेरै प्रकारका डरलाग्दा संक्रमण गराउन सक्छ। स्वास्थ्यकर्मीहरुलाई पनि ब्याक्टेरियाको संक्रमण हुन सक्छ तर अहिलेसम्म भएको भने पाइएको छैन।

तर ऊर्जा कम खपत गर्नका लागि अहिलेका उच्चस्तरीय मेसिनले लुगाहरु एकदम कम तापक्रममा धुन्छन्। १४० फरेनहाइटभन्दा कममा मेसिनले कपडा धुन सक्छन्।

अध्ययनकर्ताहरुले लुगा धुने क्रममा धेरै ब्याक्टेरिया बाँच्न सक्ने बताएका छन्। अध्ययनकर्ताहरुले वासिङ मेसिनमा हुने रबरमा ब्याक्टेरिया हुर्किने बताउँछन्। जुन मेसिन नतातिएको बेला फैलिने सम्भावना हुन्छ।

तर सबै ब्याक्टेरिया हानिकारिक हुन्छन् भन्ने हुँदैन। जसले लुगा धुने बेला चिसो र तातो पानी प्रयोग गर्छन्, लुगामा तथा बेडसिटमा किटाणु तथा ब्याक्टेरिया टाँसिन सक्छन्। तर रोग लाग्ने गरी ब्याक्टेरिया अझै त्यस्तो देखिएको छैन।

तर अध्ययन के भन्छ भने लामो समयसम्म अस्पताल भर्ना गरिएका परिवारका सदस्य छन् भने लुगा धुन प्रयोग गर्दा तातो पानी र लुगा राम्ररी सुकाउनुपर्ने हुन्छ।

विश्व स्वास्थ्य संगठनका हाइजिन एन्ड पब्लिक हेल्थका निर्देशक तथा अध्यक्ष डा मार्टिन एक्सनर भन्छन्, ‘अहिले हाइजेनिस्टहरुलाई यो च्यालेन्जको रुपमा रहेको छ।’

आफ्नो वासिङ मेसिन सफा राख्नुस्
यदि तपार्इंको घरमा ज्येष्ठ नागरिक, नवजात शिशु र यदि कतै टाढा जाँदै हुनुहुन्छ भने आफ्नो वासिङ मेसिन र लुगालाई ब्याक्टेरियाको संक्रमणबाट बचाउन केही उपाय अपनाउनुपर्छ।

‘ब्याक्टेरिया डिटरजेन्ट पाउडर, रबर सिल तथा वासिङ ड्रममा देखिएको छ,’ क्यालिफोर्निया ओरेन्ज काउन्टी मिसनरी अस्पतालका इन्फेक्सन प्रिभेसनिस्ट हिलारी मेटकाफ बताउँछन्। वासिङ मेसिनलाई ओसिलो तथा अलि अँध्यारो ठाउँमा राखियो भने त्यहाँ ब्याक्टेरिया जन्मिन सक्ने सम्भावना हुन्छ।

किटाणुले निमोनिया, छालाको संक्रमण, पेट दुख्ने, बान्ता आउने, झाडापखाला लाग्ने विशेषगरी जोसँग रोगसँग लड्न सक्ने क्षमता अलि कम हुन्छ, उनीहरुलाई यी ब्याक्टेरियाले सताउन सक्ने हुन्छ। आफ्नो मेसिनलाई राम्ररी धुनुस् समयसमयमा।

महिनाको एक चोटी सफासँग मेसिन धोएमा ब्याक्टेरिया र किटाणुसँग बच्न सकिने मेटकाफ बताउँछन्।swsthyakhabarpatrika/from

तस्बिर: विकीहाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button