
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले संघर्षपुर्ण जित निकालेको छ । मिलानोमा बिहीबार राति भएको खेलमा घरेलु टोली मिलानले एसपालमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो ।
मिलानको जितमा सुसोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोलका केही अवसरहरु खेर फालेको थियो ।
६३औं मिनेटमा वैकल्पिक खेलाडी सुसोले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । सुसो ५७औं मिनेटमा स्यामुइल क्यास्टिलेजोको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा मिलाल १–० ले विजयी हुन सफल भयो ।

जितसँगै नयाँ प्रशिक्षक स्टेफानो पियोलीले ३ खेलमा पहिलो जित हात पारेको छ । पियोली तीन खेल अघि एरिलियो एन्ड्रिएजोलीको स्थानमा प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा मिलानले समान १ जित, बराबर र हारको नतिजा निकालेको छ ।
जितसँगै मिलान १० खेलबाट १३ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित एसपाल ७ अंकसहित १९औं स्थानमा छ । २६ अंकसहित युभेन्टस शीर्षस्थानमा तथा इन्टर मिलान २५ अंक जोडेर दोस्रो स्थानमा छ ।hamrokhelkud/from



