
काँकरभिट्टा / सामाजिक सेवामा समर्पित रोटरी क्लब झापाका अभियन्ताहरुले रोटरी इन्टरनेशनलका भावी अध्यक्ष शेखर मेहतालाई स्वागत गरेका छन् ।
शुक्रबार बिहान नेपाल–भारत सीमाको काँकरभिट्टास्थित मेची पुलमा नौमती बाजासहित मेहतालाई भव्य स्वागत गरिएको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौलाले बताए ।
नेपाल भ्रमणमा आएका मेहता र उनकी धर्मपत्नी मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, झापाका विभिन्न रोटरी क्लबका प्रमुख तथा प्रतिनिधिहरुले स्वागत तथा सम्मान गरेका थिए ।
काँकरभिट्टा हुँदै काठमाडौं जाने क्रममा शुक्रबार चन्द्रगढीस्थित होटल आनीमा स्वागत तथा सम्मान गरिएको थियो । बिर्तामोड रोटरी क्लबका अध्यक्ष शिव अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा रोटरी अभियन्ताहरुले स्वागत तथा सम्मान गरेका हुन् ।
शुक्रबार नै काठमाडौं प्रस्थान गरेका मेहताले काठमाडौंमा सामाजिक सेवासँगै पर्यटन प्रवद्र्धनलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको निरौलाले बताए ।
अन्तर्राष्ट्रिय ख्यातीप्राप्त व्यक्तित्व मेहता सामाजिक परिवर्तनका सूत्रधार हुन् ।janasamsad daily



