
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग एक दिवसिय खेल खेल्दै छ । खेल विहान ९ : ३० बाट टियु क्रिकेट मैदानमा सुरु हुने छ । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टोली मैदान उत्रने छ ।
पहिलो खेलमा एमसीसीले नेपाली यू१९ टोलीलाई ३८ रनले हराएको थियो । नेपाली यू १९ पराजित भएपनि राम्रो प्रतिस्पर्धा गरेको थियो । यू१९ को प्रर्दशनले सिनियर टोलीलाई उत्कृष्ट प्रर्दशन गर्न दबाब सृर्जना गरेको छ ।
यू१९ टोली विरुद्ध ९३ रन जोडेका ओपनर विल रोड्स, समान ६५ रन बनाएका टम वेस्टली र माइल्स ह्यामान्ड सिनियर टोलीविरुद्ध पनि उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । अलराउन्डर एड योङ पनि उसका बलियो हतियार हुन् । कप्तान जिमी एडम्स नेपाली यू१९ विरुद्ध डक आउट भएका थिए । प्रथम श्रेणीमा १४ हजार रन बनाएका जिमी आजको खेलमा घातक बन्न सक्छन् ।
ओपनरको रुपमा कप्तान ज्ञानेन्द्र र युवा खेलाडी इशान पाण्डे मैदान उत्रने संभावना छ । मध्यक्रममा पारससँगै, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, शरद भेषवकरले निर्वाह गर्ने छन् । तल्लोक्रममा हिटर बिनोद भण्डारी, सोमपाल कामी र करण केसी रहने निश्चित जस्तै छ । दुई तीब्र गतिका बलरका रुपमा सोमपाल र करण पहिलो रोजाईमा पर्ने छन् । स्पिनरको रुपमा सन्दीप लामिछानेको स्थान निश्चितजस्तै छ ।
ललित नारायण राजवंशी र वसन्त रेग्मी मध्य एकले स्थान बनाउने छन् । वसन्त भने चोटका कारण खेल्नेमा शंका रहेको छ । टियु क्रिकेट मैदान स्पिनर उपयोगी हुँदा तीनै स्पिनर मैदान उत्रने संभावना पनि छ । यस खेललाई बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप अघि तयारीको रुपमा समेत हेरिएको छ । सन् २००९ पछि पारस पहिलो पटक सम्भव त अरुको कप्तानीमा मैदान उत्रने छन् ।

एकदिवसिय नेपाली टोली :
आरिफ शेख, वसन्त रेग्मी,बिक्रम शोब,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, इशान पाण्डे,करण केसी,ललित नारायण राजवंशी,पारस खड्का,रोहित कुमार पौडेल,सन्दीप लामिछाने,शरद भेषवाकर र सोमपाल कामी ।
एमसीसीको पूर्ण टोली :
जिमी एडम्स (कप्तान), विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एड योङ, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन-डाल्बी, एलेक्स स्पेन्सर, एलेक्स थोमस ।hamrokhelkud.com/from



