खबर

एनसीसी तालिम सम्पन्न

धुलाबारी / इष्ट होराइजन अंग्रेजी आवाशिय माविमा सञ्चालित राष्ट्रिय सेवा दल(एनसीसी) को यस वर्षको तालिम आइतबार समापन भएको छ ।

श्री नयाँ श्रीनाथ गणका निमित्त सेनानी ध्रुव दाहालको प्रमुख आतिथ्यतामा विद्यालय परिसरमा ८९ दिनसम्म तालिम गरेका विद्यार्थीको रिहर्सल तालिम सम्पन्न भएको हो ।

तालिमको अन्तिम दिन आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि दाहाल, मेचीनगर १० नम्बर वडा अध्यक्ष सुदय पनेरुलगायतले एनसीसीका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

त्यसक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, मेचीनगर कार्यपालिका सदस्य कृष्ण कनाल, राम घाट दिव्य धामका अध्यक्ष गोपाल गुप्ता, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरीलगायतको आतिथ्यता थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत प्रिन्सिपल सञ्जीव राई र सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।

नेपाली सेनाद्धारा सञ्चालित सो तालिम लिएकामध्ये १८ जना छात्र र १८ जना छात्रा २१ दिने तालिममा सहभागी हुँदैछन् । मोरङको याङसिलामा हुने तालिममा उक्त विद्यालयका ३६ जना विद्यार्थीले भाग लिन लागेका हुन् ।

सो विद्यालयले एनसीसीलगायत विभिन्न अतिरिक्त क्रियाकलाप र तालिम गर्दै आएको छ ।janasansad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button