
एजेन्सी – इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो।
चेल्सी समूह ‘एफ’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । चेल्सीले ६ खेलबाट ११ अंक जोड्यो । यो समुहबाट स्पेनिस क्लब भ्यालेन्सिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । ११ अंक रहेपनि भ्योलन्सिया गोल अन्तरमा शीर्षमा रह्यो ।
अघिल्लो संस्करण सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्सले यसपटक समूह चरण पार गर्न सकेनन्। समूह चरणको अन्तिम खेलमा आयाक्स भ्यालेन्सियासँग १–० ले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । आयाक्सले ६ खेलबाट १० अंक जोड्यो । लिलले १ अंक जोड्यो ।

लिललाई हराउन टम्मी अब्राहम र सिजर एजपिलिक्वेटाले गोल गरे । लिलका रेमीले एक गोल फर्काए । १९आं मिनेटमा टम्मीको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । ३५औं मिनेटमा कप्तान सिजरले अग्रता दोब्बर पारे । ७८औं मिनेटमा रेमीले गोल गरेपनि चेल्सी २–१ ले विजयी हुन सफल भयो ।
यस्तै यही समूहको अर्काे खेलमा भ्यालेन्सियाले आयाक्सलाई १–० ले पराजित गर्दै समूहमा शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणका पुग्न सफल भयो । भ्यालेन्सियाको जितमा रोड्रिगोको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।hamrokhelkud



