खबर

आप्रवास कडाइ गर्ने ट्रम्पको नीतिलाई अमेरिकी सर्वोच्च अदालतको अनुमोदन

एजेन्सी, अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई स्थायी बसोबासको अनुमति दिने कानुनमा कडाइ गर्न राष्ट्रपति ट्रम्पलाई बाटो खोलिदिएको छ। अब अमेरिकाको स्थायी बसोबासका लागि चाहिने ग्रीनकार्ड पाउन आप्रवासीहरूलाई कठिन पर्ने छ। राष्ट्रपति ट्रम्पले आप्रवासीहरूलाई अमेरिकामा कडा कानुन बनाउनुपर्ने नीति लिएका छन्।

सर्वोच्च अदालतका नौ न्यायाधीश मध्ये आप्रवासीलाई कडाइ गर्नुपर्नेमा पाँच न्यायाधीशको मत मिलेको थियो। विभिन्न समयमा रिपब्लिकन राष्ट्रपतिहरूले नियुक्त गरेका प्रधानन्यायाधीश सहित पाँच ुकन्जरभेटिभु न्यायाधीशहरूले ट्रम्पको नीतको समर्थन गरेका थिए भने चार उदावादी न्यायाधीशले आप्रवासीलाई कडाइ गर्न नहुने मत राखेका थिए। बहुमत न्यायाधीशको निर्णयनै सर्वोच्चको आदेश मानिन्छ।

सर्वोच्चको यो आदेशपछि ट्रम्प प्रशासनले शैक्षिक योग्यता, उमेर, अंग्रेजीमा दख्खल जस्ता पक्षहरूमा विचार गरेर मात्र ग्रिन कार्ड दिने छ। त्यसको असर गरिब आप्रवासीमा धेरै पर्ने छ। अमेरिकी सरकारबाट पाइने स्वास्थ्य विमा लगायतका सुविधाबाट गरिबहरू बञ्चित हुनेछन्।

सर्वोच्च अदालतले ट्रम्पको पक्षमा गरेको आदेशको तिब्र आलोचना सुरू भएको छ। अविकसित देशबाट आएका थोरै कमाइ हुने र बढी कमाइ हुनेहरूबीच विभेद गर्ने आदेश भएको आलोचकहरूको भनाइ छ। ट्रम्पको नीतिले ल्याटिन अमेरिका, अफ्रिका र एसियाबाट आउने न्युन आय भएका आप्रवासीहरूमाथि विभेद गर्ने यस नितिका आलोचनकहरुले बताएका छन्। डेमोक्रेटिकहरूले भने आप्रवासीलाई कडाई गर्ने ट्रम्पनीतिको विरोध गर्दै आएका छन्।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button