मूल खबरस्वास्थ्य

कोरोनाभाइरसः चीनमा सङ्क्रमणबाट १०६ जनाको मृत्यु, हजारौंको सङ्ख्यामा बिरामी

एजेन्सी, कोरोनाभाइरसका कारण चिनमा १०६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। चिनियाँ अधिकारीहरू अनुसार सङ्क्रमित व्यक्तिको सङख्या दुई गुणाले बढेको छ।

सोमवारसम्म २,८३५ व्यक्ति उक्त भाइरसबाट पीडित भएको तथ्याङ्क थियो। तर मङ्गलवार कम्तीमा ४,५१५ जनामा कोरोनोभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

उक्त भाइरस रोकथाम गर्ने प्रयासमा केही सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक स्थलमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ। वुहान तथा हुबे प्रान्तका अधिकांश स्थान सुनसान देखिन्छन्।

चीन सरकारले वुहानसहितका आसपासका शहरमा भाइरसको संक्रमण नफैलियोस भनेर आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ। चीनमा हालसम्म यो भाइरसबाट पीडित हुनेको संख्या ३ हजारसम्म पुगिसकेको छ। चीनको खूबे प्रान्तमा मात्रै कोरोनाको संक्रमणबाट मर्नेको संख्या ५६ बाट ७६ पुगिसकेको छ।

चीनभन्दा बाहिर ४७ जनालाई सङ्क्रमण

कोरोनाभाइरस रोक्न त्रिभुवन विमानस्थलमा शैक्षिक संस्थाहरु र सरकारी कार्यालयहरुमा उच्च सतर्कता अप्नाउन चिनिया सरकारले आग्रह गरेको छ । हुबे प्रान्तको वुहान सहरबाट उक्त भाइरस फैलिएर अहिले अन्यत्र पुगिसकेको छ।

चीनका केही मुख्य सहरमा सार्वजनिक यातायात बन्द गरिएको छ र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाव दिएको छ।

अन्य थुप्रै देशले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फसेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन योजना बनाएका छन्। चीनभन्दा बाहिर भने अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

कहाँकहाँ फैलिएको छ ?

कोरोनाभाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ। कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन् । तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ। मङ्गलवारसम्म चीनबाहेक १६ देशमा ४७ व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ।

थाईल्यान्डः ८
अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर, ताइवानः ५–५
मलेशिया, दक्षिण कोरिया, जापानः ४–४
फ्रान्सः३–३
भियतनामः२
नेपाल, क्यानडा, क्याम्बोडिया, श्रीलङ्का, जर्मनीः १–१,newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button